Logo

विघटनविरुद्ध जनतामा जानुपर्छः प्रचण्ड



काठमाडौं, माघ ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटनविरुद्ध जनतामा जाने बताएका छन् । अध्यक्ष प्रचण्डले आफू निकट अखिल नेपाल महिला सङ्घको भेलालाई राजधानीमा सोमबार सम्बोधन गर्दै उनले भने, “जनताले आफ्नो फैसला दिन ढिला गर्न हुँदैन । यसले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि सजिलो होला ।”

सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानुन व्यवसायीले लड्ने भएकाले जनताको बीचमा पुगेर प्रतिनिधि सभा विघटनविरुद्ध सङ्घर्षको आँधी सिर्जना गर्न पार्टी नेता तथा कार्यकर्तालाई उनको आग्रह छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot