Logo

म काठ तस्करी भएको भए कसरी मन्त्री भएँ त ? : मन्त्री आले (भिडिओसहित)



काठमाडौं, ६ माघ । वन तथा वातावरणमन्त्री प्रेम आलेले आफू काठ तस्करी भएको भए कसरी अहिले मन्त्री भएँ त ? भन्दै उल्टै प्रश्न गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको सुरुवातमै पत्रकार धमलाले तपाईँ काठ तस्करीमा परेको मान्छे, वनमन्त्री बन्नुभयो । कसरी भन्नुहोस त ? जनता जान्न चाहन्छन् भनेर आक्रामक प्रश्न तेर्साएपछि उनले यस्तो जवाफ दिए-“काठ तस्करी यदि मैले गरेको भए, अहिले मैले यो जिम्मेवारी कसरी पाएँ ? विगत २०५४ सालमा तत्कालिन नेकपा एमालेको तर्फबाट जिल्ला विकास समितिको सदस्य भएँ । जिविसको सदस्य भएपछि त्यो बेला, डोटी जिल्लाको ठाउँहरुमा आवाधि, नम्बरी जग्गाको काठ निकाल्न पाउने भनेर एउटा सरकारबाट कार्यक्रम लागु भएको थियो, त्यो बेलामा अमिनलाई र वनको कर्मचारीलाई सेटिङ गर्ने, र सल्लाको रुख काट्ने काम भयो । मैले तुरुन्त रोक्न त्यो बेलाको डिएफओ हरिनारायण मण्डललाई भनेको थिएँ ।” हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot