Logo

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आज आवेदन दिने अन्तिम दिन हो । माघ २ गते शुक्रबारबाट हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ शुक्रबारबाट बिक्रि खुला भएको थियो ।
कुल ८ करोडको कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको बैकले जनाएको छ । ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएको छ ।

आवेदकहरुले माघ २ गतेबाट माघ ६ गतेसम्म र ढिलोमा १६ गतेसम्म आवेदन दिन सकिने बैंकले भनेपनि सोचेको भन्दा धेरै गुणा आवेदन परेको कारण छिटो अवधिभित्र बिक्रि बन्द गर्न लागेको हो ।

सोमबार सम्म कम्पनीको आईपीओ खरिदको लागि १.८७ गुणा बढी आवेदन परिसकेको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको अनुसार ११ लाख ७७ हजार ९२० जना आवेदकबाट १४ लाख ९६ हजार ४२० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ बिक्रि गर्न अनुमति पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot