Logo

कार्यस्थलमा श्रमिक सुरक्षाबारे चासो कम, श्रमिक असुरक्षित



काठमाडौ, माघ ८ । कार्यस्थलमा काम गर्ने कामदारको लागि सुरक्षा उपकरणको प्रयोग गर्नु अनिवार्य मानिन्छ । कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि अधिकांश रोजगारदाताले लागू गरेको पाइएको छैन । विदेशमा कार्यस्थल सुरक्षालाई कडा रुपमा कार्यान्वयन गरेकोे भए तापनि नेपालमा भने सामान्य सुरक्षाका सामाग्री प्रयोग नगर्दा कामदारले वर्सेनि धेरैले ज्यान र अङभङ्ग हुने गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ रोजगारदाताले व्यावसायजन्य सुरक्षा का सामाग्रीलाई लगानीलाई खर्चको रुपमा हेरेको कारण दुर्घटना बढिरहेको बताए । कार्यस्थलमा रोजगारदाताले सुरक्षाका सामाग्रीमा सामान्य रुपमा खर्च नगरेकै कारणले कामदारले पञ्जा, हेल्मेट नै लगाउन नपाउँदा ज्यानै गुमाउनु परेको घटनाहरु देखिने गरेको बताए ।

सरकारी निकायले प्रभावकारी रुपमा अनुगमन र कारवार्ही नगरेको कारणले पनि कार्यान्वयनमा सुस्त रहेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । औपचारिक क्षेत्र युनियन भएका कार्यस्थल क्षेत्रमा दुर्घटनाका घटना कम भए तापनि युनियन नभएको क्षेत्रमा बढी घटनाहरु हुने गरेको मजदुर नेता श्रेष्ठको दावी छ ।

कार्यस्थल क्षेत्रमा हुने दुर्घटनाको कम गर्ने हो भने सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्ने अवस्था रहेको उहाँको भनाइ छ । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि वैदेशिक रोजगारीमा जाने कामदारको विषय सँगै स्वदेशमा रहेका श्रमिकको पनि अवस्थालाई उत्तिकै रुपमा फराकिलो तरिकाले सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्