Logo

केपी ओलीमा बदलाको भावना छः नेपाल



काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गरेका छन् । ओलीले उनमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताए ।

सम्पादकहरूसँग बुधबार कुराकानी गर्दै अध्यक्ष नेपालले आफूले ओली प्रवृत्तिलाई चुनौती दिएकाले आफूमाथि बढी नै प्रहार भएको बताए । उनले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार ओरालो यात्रातिर लागेको पनि बताए । प्रधानमन्त्री ओलीले बोल्ड निर्णय गर्ने र चमत्कार गर्ने बताउँदै आएका प्रति लक्षित गर्दै अध्यक्ष नेपालले पहिलो चरणमा आफूलाई जेलमा राख्ने र दोस्रो चरणमा पुष्पकमल दाहाललाई जेल ठोक्ने रणनीति बनाएको बताए ।

‘उहाँले मलाई ललिता निवास प्रकरणमा थुन्ने योजना बनाउनुभएको रहेछ’, नेपालले भने, ‘मैले पनि जेलमा राखेर देखाउन चुनौती दिएँ । मैले एकएक केसमा जान्छु भनें । मैले चुनौती दिएपछि चाहिँ उहाँ भनेकै छैन भन्नुहुन्छ, चुनौती दिनेबित्तिकै अरिंगालको गोलामा हान्ने र साइबर सेना खटाउने गर्नुहुन्छ ।’

नेपालले ओलीमा अहंकार बढ्दै गएको र त्यसैको परिणाम प्रतिनिधिसभा विघटन भएको बताए । उनले प्रधानमन्त्री ओलीले गलत काम गर्दै जाने र पार्टीले त्यस्ता कामलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि आफूहरूले समर्थन गर्न नसक्ने बताएको जानकारी पनि सम्पादकलाई गराए । आफूहरूले समर्थन गर्न नसक्ने बताएपछि ओलीले थप पेल्न र हेप्न खोजेको नेपालले बताए ।

नेपालले तत्कालीन र एमाले र माओवादीबीच एकता उठानको कुरा पनि स्मरण गरे । ‘२०६४ सालमा मैले प्रचण्ड ९दाहाल० लाई एकता गरौं भनेर प्रस्ताव गरेको हो, ओलीले पनि एकता गर्ने भनेपछि म दंग, बल्ल ठाउँमा आए भनेजस्तो लागेको थियो,’ नेपालले भने । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot