Logo

जग्गा किर्ते गरी ७२ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ



काठमाडौं, ८ माघ । जग्गा किर्ते गरी ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मालपोत कार्यालय कलंकीमा नासु पदमा कार्यरत नुवाकोटको ककनी घर भएका नारायण श्रेष्ठ र तत्काल सोही कार्यालयका शाखा अधितकृत पदमा कार्यरत काठमाडौं टोखा बस्ने दिपक दाहाल रहेका छन् ।

उनीहरुले मीना खड्काको नामको साविक थानकोट–५ को क्षेत्रफल १ रोपनी ४ आना जग्गालाई खड्का बेल्जियम रहेको बेलामा नक्कली मीना खड्का बनी नक्कली जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरी उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्