Logo

तनहुँमा कांग्रेसको विरोध : बन्दिपुरमा संगठन बलियो भएको कोषाध्यक्ष गुरुङको दाबी



माघ ८, तनहुँ । प्रतिनिधि सभा विघटको विरोधमा नेपाली कांग्रेसले बिहीबार देशभरका वडाबाट प्रदर्शन गरेको थियो ।

यसैक्रममा तनहुँका स्थानीय तहका वडाहरुमा समेत विरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले बन्दीपुरमा कांग्रेस थप बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस बन्दीपुर गाउँपालिका वडा न ५ ले गरेको विरोध सभामा बोल्दै उनले पार्टीका सबै नेताहरु एक भएर संगठन निर्माणमा लाग्नुपर्ने बताए । उनले वर्तमान सरकारका गतिविधि जनविरोधी भएकाले जनताले कांग्रेसलाई साथ दिने बताएको कार्यक्रम संचालिका रिता तिवारीले जानकारी दिइन् । वडा सभापति ऋषिराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्याम श्रेष्ठ, पवित्र गौली, सुभाष अधिकारी, मङल गुरुङ, करन गुरुङ, बिष्णु घिमिरे , तारा माया भुजेल, रिता तिवारीलगायतले बोलेका थिए । प्रतिनिधि सभा विघटको विरोधमा नेपाली कांग्रेसले बिहीबार देशभरका वडाबाट प्रदर्शन गरेको थियो ।

विहिवार  नै  बन्दिपुर गाउँपालिका वडा नं. ५ को याम्पाफाँटमा गरिएको विरोध कार्यक्रममा नेपाली काँग्रेस तनहुँका जिल्ला  कोषाध्यक्ष गुरुङले संसद बिघटनको निर्णय असंवैधानीक र अलोकतान्त्रिक भएको बताउँदै नेकपाको सरकारले झुटको खेती गरेकाले आम जनताले दु:ख पाएको आरोप लगाए ।
वडा सभापति ऋषिराम भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल आदिबासी जनजाती बन्दिपुरका अध्यक्ष श्यामलाल श्रेष्ठ, पिके क्याम्पसकी कार्यबाहक सभापति पवित्रा गौली, तनहुँ काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष सुवास अधिकारी, विष्ण्रु प्रसाद घिमिरे, मंगल गुरुङ, तारामाया भुजेल लगाएतले बोलेेेेका थिए । कार्यक्रमकाे सहजीकरण वडा सचिब रिता तिवारीले गरेकी थिइन् ।
यसअघि कांग्रेसले निर्वाचन क्षेत्रमा, प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot