काठमाडौं, ९ माघ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बाग्मती प्रदेशस्तरीय प्रथम पूर्ण बैठक गत माघ ३ गते नेकपा केन्द्रीय सदस्य एवम् महासंघ प्रदेश इन्चार्ज प्रेमनाथ अधिकारीको अध्यक्षतामा महासंघको केन्द्रीय कार्यालयमा बस्यो । उक्त बैठकमा नेकपा केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राईको प्रमुख आतिथ्य रहेको थियो । बैठकले बाग्मती प्रदेशका १३ वटा जिल्ला र महासंघका सातवटा घटक संगठनको जिम्मेवारी बाँडफाँड ग¥यो– जसअनुसार संयोजन कार्य माधव प्रधानले गर्नुहुने छ भने सहजीकरणको भूमिका आरसी न्यौपानेले गर्नुहुनेछ । यस्तै बैठकले छिरिङ दोर्जे पाख्रिनलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरियो । समसामयिक राजनैतिक विषयवस्तुमा आधारित अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको उक्त बैठकले कार्य विभाजनसमेत गरेको थियो ।
जिल्लागत कार्य विभाजनअनुसारको जिम्मेवारीमा रसुवामा नेम गोलेलगायत छजना, नुवाकोटमा वसन्त खत्रीलगायत चारजना, धादिङमा वसन्तराज रिजाललगायत चारजना, सिन्धुपाल्चोकमा अमृत खातीलगायत पाँचजना, रामेछापमा रमेश शुभेच्छुकलगायत तीनजना दोलखामा कालिका पाठकलगायत तीनजना, काभ्रेपलान्चोकमा फुलमान बललगायत पाँचजना, मकवानपुरमा यशोदा अधिकारीलगायत छजना, चितवनमा आशाकाजी श्रेष्ठलगायत पाँचजना, ललितपुरमा माधव प्रधानलगायत छजना, भक्तपुरमा देवी नेपाललगायत छजना, सिन्धुलीमा दुर्गाप्रसाद दाहाललगायत तीनजना, काठमाडौंमा जीवेन्द्रदेव गिरीलगायत १९ जनालाई जिम्मेवारी दिइयो ।
यसैगरी घटक संगठनको जिम्मेवारीमा जनसाहित्यिक मञ्चमा राम विनय, सुशीला प्रधान, नर्मदेश्वरी सत्याललगायत, जनपक्षीय चलचित्रकर्मी सङ्घमा दिनेश डीसी, लय संग्रौला, रेजिना उप्रेतीलगायत, भाषा तथा लोकसाहित्यिक मञ्चमा पारसमणि भण्डारी र ऋषिराज शर्मा, जनसंगीत मञ्चमा अशोक राईलगायत, सामाजिक सांस्कृतिक अध्ययन मञ्चमा लक्षी बस्याल र सुमन्त घिमिरेलगायत, ललितकला मञ्चमा लालकाजी लामा, अर्जुन न्यौपानेलगायत र जननाट्य मञ्चमा पुष्पराज आचार्य र कृष्णभक्त महर्जनलाई जिम्मेवारी प्रदान गरियो ।
भेलामा उपस्थित सहभागीमध्ये नारायणभाइ श्रेष्ठ, मसान उपासक, केशव सुवेदीलगायत धेरैजनाले वर्तमान अवस्थामा नपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखापरेको समस्याबारे आ–आफ्नो धारणा राखेका थिए । File Photo/ReportersNepal