Logo

अनलाइन विवरण लिइँदै, शुक्रबार अपरान्हसम्म ४७ हजार पुगे



काठमाडौं, माघ १०। देशभरीबाट कोभिडको पहिलो चरणमा खोप लगाउने सेवाग्राहीको विवरण विद्युतीय प्रणालीबाट संकलन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना व्यवस्थापन इकाइले संकलन गरिरहेको छ ।

शुक्रबार, अपराहनसम्ममा ४७ हजारको विवरण सूचना व्यवस्थापन इकाइमा संकलन भइसकेको छ । ‘ शुक्रबार प्रत्येक घण्टामा तीन हजारभन्दा धेरैको नाम सूचना केन्द्रमा दर्ता भइरहेको छ’ सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले भने ।

‘शनिबार साँझसम्ममा पूर्ण विवरण आइसक्छ होला’ पौडेलले भने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कार्यालय सहयोगी,गेटमा बस्ने सुरक्षाकर्मी, काउन्टरमा बस्ने कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोरमैला व्यवस्थापन तथा सरसफाइकर्मीको तंथ्याङ्ग विद्युतीय प्रणालीमा संकलन गरिरहेको छ ।

त्यसका लागि सूचना व्यवस्थापन एकाइले माघ ८ गते सार्वजनिक सूचनानै प्रकाशित गरेको थियो । सूचनामा पहिलो चरणमा खोप लगाउने तोकिएको मापदण्डका कर्मचारीले सम्बन्धित कार्यालयका प्रमुखको सिफारिसमा नाम दर्ता गराउने र एक साताभित्र उनीहरुलाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

भारत सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोपलाई टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको खोपलाई सातैवटा प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र प्रादेशिक भण्डारण केन्द्रबाट आवश्यक अनुसारको प्याकेट बनाएर जिल्ला–जिल्ला पु¥याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले भने।

उनले खोप आएको एक साताभित्रमा सबै जिल्लामा खोप लगाइसक्ने गरि मन्त्रालयले तयारी गरिररहेको उनले बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot