Logo

एक सातामा औसतमा दुई हजार नेपाली सङ्क्रमित



काठमाडौँ, ११ माघ: गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली सङ्क्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली सङ्क्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए ।

सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार सङ्क्रमणमुक्त हुने आँकलन गरिएको डा. सापकोटाले बताए । स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौँ मुलुकमा खोप अभियान शुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot