Logo

न्युज लाइन्स मिडियाको ४औं वार्षिकोत्सव, विभिन्न व्यक्तित्व सम्मानित



काठमाडौं, ११ माघ । न्युज लाइन्स मिडियाले आफ्नो स्थापनाको ४औं वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । उक्त मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्वमा आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यतामा आईतबार चक्रपथ महाराजगन्जस्थित् अरिकल इभेण्टमा सम्पन्न भएको हो ।

स्वामी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भीष्मराज फुलारा, गायिकाद्व्य विद्या तिवारी र एनी श्रेष्ठ र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आएका अभियन्ता शिव फुँयाल रहेका छन् ।

सो अवसर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोधिसत्व स्वामी आनन्द अरुणले आध्यात्मिक चिन्तन साथै प्रणायाम योग र ध्यानलाई आत्मसात गर्न सके जीवनलाई खुशी र सुखी तुल्याउन सकिने बताए । साथै, उनले अध्यात्मले मानिसको जीवनलाई सफलता तर्फ डोर्याउन बल प्रदान गर्ने हुँदा व्यस्ततर जीवन व्यथित गर्ने पत्रकारहरुले समय निकालेर दैनिक योग र ध्यानमा लिन हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा वरिस्ठ पत्रकार ऋषि धमलाले न्युजलाइन्स मिडियाले संचार जगतको शिर उँचो पार्दै आएको स्मरण गर्दै पत्रकार जगतले  लोकतन्त्रको रक्षार्थ कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।

त्यस्तै, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले दिनानुदिन पत्रकारिता पेशामा चुनौतीहरु थपिँदै गएको उल्लेख गर्दै राज्यले मिडियालाई हेर्ने दृष्टिकोण झन झन साँघुरिदै गएको गुनासो पोखे ।   त्यसो त उनले बदलिँदो परिवेशमा मिडियाले देश विकासमा टेवा पुर्याउदै आएको सन्दर्भ कोट्याउँदै न्युजलाइन्स मिडियाले पनि देशको समग्र क्षेत्रको विकासका लागि हातेमालो गर्दै आएको बताए ।

त्यसैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारहरु हकहितका निम्ति महासंघले बुलन्द रुपमा आवाज उठाउदै आएको स्पष्ट पारे । उनले पत्रकारिता पेशालाई मर्यादित र समाजमैत्री बनाउन एकजुट भएर लाग्नुको विकल्प नभएको पनि धारणा राखे ।

न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टले न्युजलाइन्स मिडिया  सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर संचार क्षेत्रमा कृयाशिल रहिरहने उल्लेख गर्दै कार्यक्रममा उपस्थित भई सफल पार्न      सहयोग गरेकामा प्रमुख अतिथिलगायत सबैलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रमलाई टान अध्यक्ष खुम बहादुर सुवेदी, कृषि वैज्ञानिक डा. हरिकुमार श्रेष्ठ, संचार उद्यमी उज्वलजंग शाह, समाजसेवीद्व्य लोक कृष्ण भट्टराई र निलकण्ठ तिवारीले शुभकामना मन्तब्य व्यक्त गर्दै न्युजलाइन्स मिडियाको उत्तरोत्तर प्रगतिको कामना गरे । कार्यक्रममा रामप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने नारायण बेल्बासेले धन्यवाद मन्तब्य राखेका थिए ।

कार्यक्रममा न्युजलाइन्स मिडियाका सल्लाहकारद्व्य सरोज ओझा र रविन थपलिया लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।  सोही अवसर माझ विज्ञापनदाता, संचारकर्मी, संचार गृह आदीलाई सम्मानार्थ कदरपत्र प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot