Logo

ब्राउन सुगरसहित पक्राउ



झापा, १२ माघ । अवैध लागूऔषध सहित एकजना आइतबार दिउँसो पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–४ भद्रपुर सडक छेउबाट करिब १२ ग्राम ५ सय ७० मिलीग्राम लागूऔषध ब्राउन सुगर सहित झापा गाउँपालिका–५ शरनामती बस्ने ३० वर्षीय मिलन राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मिलनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot