Logo

कोरोनाविरुद्वको खोप मोर्डनालाई भारतमा ल्याउन टाटाद्वारा निरन्तर छलफल



एजेन्सी, १२ माघ । टाटा ग्रुपको हेल्थ डिपार्टमेन्टले कोरोना भाइरस विरुद्व प्रयोग भइरहेको मोर्डना खोपलाई भारतमा लन्च गर्न प्रारम्भिक छलफल गर्न सुरु गरेको छ । उक्त विषयको जानकारी टाटाले सोमबार दिएको हो । टाटा मेडिकल एण्ड डायोग्नोस्टि र भारतीय काउन्सिल अफ साइन्टिफिक एण्ड रिसर्चले संयुक्त रुपमा मोर्डनाको क्लिनीकल ट्रायललाई भारतमा सुचारु गरिने जनाइएको छ ।

फाइजर जस्तै मार्डना खोपलाई सामान्य फ्रिज तापक्रममा राख्नुपर्ने भएको कारण यसलाई गरिब मुलुकमा प्रयोग गर्न सक्ने जनाइएको छ । मार्डनाले नाभेम्बरमा रिलिज गरेको डाटाका अनुसार उक्त खोपको प्रभावकारिता ९४.१ प्रतिशत रहेको छ । उक्त खोपलाई अमेरिका र युरोपले प्रयोग गर्ने अनुमति दिइसकेको छ । भारतको खोप अभियान विश्व कै ठूलो भएको कारण मार्डना खोपको भारतीय स्थानीय तहमा परिक्षण गरिनु आवश्यक देखिएको जनाइएको छ । भारतले कोभिसिल्ड र कोभ्याक्सिनलाई आपत्तकालिन प्रयोग गर्न अनुमति दिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्