Logo

स्थायी प्यान नम्बर लिनेको संख्या बढ्यो



काठमाडौं, १३ माघ । गत आर्थिक वर्षको पुससम्म स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ह्वात्तै बृद्धि भएको छ । प्यान नम्बर लिनेको संख्या गत वर्षको तुलनामा बृद्धि भई ३७ लाख ३१ हजार ९१ पुगेको आन्तरिक राजस्व विभागको तंथ्याकमा उल्लेख छ । गत आवमा यस अवधिमा ३३ लाख ३७ हजार ४९२ रहेको थियो । गएको वर्षको तुलनामा ३ लाख ९३ हजार भन्दा धेरै प्यान नम्बर लिने थपिएका हुन् ।

साउनदेखि पुससम्ममा २ लाख ६१ हजार ३९९ ले व्यक्तिगत नम्बर र १ लाख ३० हजार १३२ ले व्यवसायिक प्यान नम्बर लिएका तथ्यांकमा विवरण छ । कुल स्थायी लेखा नम्बर लिनेको सख्या ३७ लाख २३ हजार ९१७ पुगेको छ ।

व्यापार व्यवसाय संचालन गर्नका लागि आवश्यक पुँजी जम्मा गर्न कर चुक्ताको प्रमाणपत्र बुझाउनुपर्ने सरकारले गरेको अनिवार्य व्यवस्थाको कारण प्यान नम्बर लिनेको सख्यामा बृद्धि भएको विभागको भनाई छ ।

२०७६ साउनदेखि कुनै पनि काम तथा व्यवसाय गर्ने, तलब भत्ता लिने, ज्याला लिने सबैले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्छ । आर्थिक विधेयक ०७६ अनुसार, हाल काम गरिरहेका तथा नयाँ काममा नियुक्ति लिनको लागि नागरिकता र व्यक्तिगत स्थायी लेखा नम्बरको प्रतिलिपि पेस गरेपछि मात्र काम गर्न योग्य मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot