Logo

नेपाल भोलिबाट कोरोनाविरुद्धको खोप प्रयोग गर्ने देशको सुचीमा



काठमाडौं, १३ माघ । नेपालले बुधबारबाट कोरोना भाइरसविरुद्ध खोपको प्रयोग गर्ने भएको छ । भारतले अनुदानस्वरुप दिएको १० लाख डोज खोप स्वास्थ्यकर्मीहरुलाई प्राथमिकताा राखेर प्रयोगमा ल्याउन लागेको हो ।

सेरम कम्पनिले उत्पादन गरेको अक्सफोर्ड भ्याक्सिन विहान १० बजेबाट प्रयोगमा ल्याइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको भर्चुअल शुभारम्भ गर्ने भएका हुन् । ४ लाख ४३ हजारले पहिलो चरणमा खोप पाउने भएका हुन् ।

नेपाल भोलिबाट कोरोना भाइरसको खोप प्रयोग भएको मुलुकको सुचीमा पर्ने भएको छ । विश्वका कतिपय धनी मुलुकहरुमा कोरोना भाइरसविरुद्धको खोपको प्रयोग शुरु भइसकेको छैन । उनीहरुलाई उछिन्दै नेपालले खोप प्रयोगमा ल्याउने भएको हो ।

अहिलेसम्म विश्वभरमा झण्डै सात करोड मानिसले कोरोना भाइरसको खोप लगाइसकेका छन् । भारतले विश्वको सबैभन्दा ठुलो खोप अभियान चलाइरहेको छ । अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा झण्डै साँढे दुई करोडले खोप पाइसकेका छन् । चीना डेढ करोडले खोप लगाइसकेका छन् ।

इजरायलको झण्डै आधा जनसंख्याले खोप लगाइसकेका छन् । भारतले दिएको खोप सिसेलिसमा प्रयोग भइरहेको छ । त्यहाँ जनसंख्याको १९ प्रतिशतले खोप लगाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्