Logo

मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु



काठमाडौं, १५ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा तेश्रो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा बिहीबारबाट सुरु भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले तालिम उद्‍घाटन गर्दै तालिमले सवारी साधनको व्यवस्थापन तथा सवारी साधनमा परिवर्तन हुने नयाँ प्रविधिको बारेमा प्रशिक्षार्थीलाई जानकारी दिलाई अझ योग्य र दक्ष बनाउन तालिमले सहयोग पुर्‍याउने बताए ।

सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक अन्जनराज खरेलले २१ दिन कार्यवधिको तालिममा प्रहरी नायव निरीक्षक ३ र प्रहरी सहायक निरीक्षक १९ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्