Logo

नुएन फु ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको प्रमुखमा पुनः निर्वाचित



१८ माघ : भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ । उनी भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन् ।

भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि शुरु भएको थियो । यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ ।

भियतनाम कम्युनिष्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन् ।

ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्ष समेत छन् ।–सिन्ह्वा/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot