Logo

बर्मामा सैनिक कू



एजेन्सी, १९ माघ । बर्मामा सैनिक कू भएको छ । सरकार र सैनिकबीच विवाद बढेपछि आज विहान सैनिक कू भएको हो ।

सैनिक कू लगत्तै म्यानमार भनिने बर्माकी नेतृ आङ साङ सुकीलाई गिरफ्तार गरिएको छ । उनको गिरफ्तारीलगत्तै त्यहाँको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सैनिक प्रमुख मिन उङ लेङले सत्ता हातमा लिएका छन् ।

सन् २०११ मा लोकतन्त्र स्थापना पूर्व बर्मामा सैनिक शासन थियो । त्यतिबेला सुकी घरमै नजरबन्दमा थिइन् । गत नोभेम्बरमा भएको चुनावमा सुकीको दल नेष्नल लिग फर डेमोक्रेसीले बहुमत हासिल गरेको थियो । त्यसलाई सेनाले धाँधली भनेको थियो ।-तस्बिरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्