एजेन्सी २० माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सेनाले सत्ता कब्जा गरेको घटनाप्रति निन्दा गरेका छन् । उनले उक्त घटनाको निन्दा गर्दै त्यहाँ पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनले म्यानमारमा प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने पनि बताएका छन् ।
ह्वाइट हाउस प्रवेश गरेपछि उनले अन्तर्राष्ट्रिय घटनालाई लिएर पहिलोपटक जारी गरेको लिखित विज्ञप्तिमा म्यानमार सेनाविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनीसमेत दिएका छन् । अमेरिका सधैं प्रजातन्त्रमाथि हुने आक्रमणको विरुद्धमा उभिने बाइडेनको भनाइ छ । म्यानमार सेनाले सोमबार त्यहाँको सत्तारूढ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नेत्री आङ सान सुची, राष्ट्रपति विन मिन्टसहितका लोकतन्त्रवादी नेताहरूलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।-Photo: Agency