एजेन्सी, २० माघ । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि जापानमा संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भइरहेको छ । महामारी नियन्त्रणमा नआएकाले जापानमा लागू गरिएको संकटकाल फेरि लम्ब्याउनु पर्नेे जनाइएको छ । राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भइरहेको छ ।
जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए । अहिले जारी संकटकाल यही हप्ताको अन्त्यमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नुपर्ने भएको हो । यस विषयमा छलफल भइरहेको बताइएको छ ।-Photo: Agency