Logo

भीसीटीएस प्रभावकारीः राजस्व विभाग



काठमाडौं, माघ २१ । सरकारले लागू गरेको भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयन पक्ष प्रभावकारी बन्दै गएको छ ।राजस्व अनुसन्धान विभागका अनुसार भीसीटीएस प्रणाली कार्यान्वयनमा शुरूआती चरणमा केही अलमल देखिए पनि पछिल्ला दिनमा बिल तथा कारोबार विवरण प्रविष्टि गर्ने क्रम बढ्दै गएको छ ।

सरकारले व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली ९भीसीटीएस० को सफ्टवेयर तयार गरी २०७६ साउन १ गतेबाट लागू गरेको थियो ।

गत भदौसम्ममा दैनिक १८ हजारले विवरण भीसीटीएस प्रणालीमा प्रविष्टि गर्दै आएकोमा अहिले त्यस्तो संख्या बढेर २१ हजारको हाराहारीमा पुगेको छ । विभागका अनुसार यो प्रणाली कार्यान्वयनको १७ महीनामा १ करोड २२ लाख ४४ हजारभन्दा बढी बिल दर्ता भएका छन् । त्यस्तो संख्या गत असारमा ७३ लाख मात्रै थियो । पछिल्ला दिनहरूमा व्यावसायिक फर्म तथा प्रतिष्ठानले आफूले कारोबार गरी सामान ओसारपसार गर्दाको विवरण प्रविष्टि गर्ने क्रम उल्लेखनीय रूपमा बढेको राजस्व अनुसन्धान विभागका अधिकारीहरूको भनाइ छ ।

यो प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि यो अवधिमा करीब ६ सयओटा सवारीसाधन र फर्मको अनुगमन विभाग र मातहतका कार्यालयले गरेका छन् । प्रणालीको बेवास्ता गर्ने फर्म तथा व्यवसायीहरूबाट ३ करोड ५० लाखभन्दा बढी जरीवाना उठाइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot