काठमाडौं, माघ २२ । दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट पक्राउ गरेको छ। उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकाउ गरेको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि दाहाल(नेपाल समूहले हड्ताल घोषणा गरेको थियो। हडताल सफल बनाउन अज्ञात समुहले गोङगबुमा ट्याक्सीमा समेत आगजनी गरेको छ ।