काठमाडौं, २२ माघ । नेपाल प्रहरीका १६ डिएसपीको एसपीमा बढुवा भएको छ । बढुवा भएकालाई आजै प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह लगाइएको छ ।
गत साता बढुवा सिफारिस भएका उपर उजुरी नपरेपछि बुधबार बढुवाको निर्णय भएको हो ।बढुवा हुनेहरु भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश कुमार काफ्ले, राजकुमार सिलवाल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, महेन्द्र श्रेष्ठ, राजेन्द्रबाबु रेग्मी, वासुदेव खतिवडा छन् । त्यस्तै, योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्र शाही, सुवासचन्द्र बोहरा, प्रजित केसी बढुवा भएका छन् । उनीहरुमध्ये तिवारी सुडानमा छन् । अन्यले बिहीबार फुली लगाएका न् ।
बढुवा भएकाहरुकै आजै पदस्थापन गर्न लागिएको छ । साथै डिएसपीको पनि आज सरुवाको तयारी भइरहेको छ । बढुवामा परेका कतिपय इन्चार्जका रुपमा कार्यरत रहेकाले त्यहाँ हेरफेर गर्न लागिएको छ ।-दृष्टिबाट/File Photo