Logo

निक जोनसलाई रणवीर सिंहले यसो भने, प्रियंकाले दिइन यस्तो जवाफ



एजेन्सी, २२ माघ । बलिउड अभिनेत्री प्रियंका चोपडाको पति निक जोनस अन्र्तराष्ट्रिय पप गायक हुन् । तर, उनी भारतमा पनि धेरै लोकप्रिय छन् । उनले देसी गर्ल प्रियंकासँग विवाह गरेको कारण उनका सबै गतिविधिलाई भारतीयहरुले निगरानी राख्ने गर्छन् । निक सामाजिक सञ्जालमा निकै संक्रिय छन् ।

हल मात्र उनले वर्कआउट भिडियो शेयर गरेका थिए । जसमा बलिउडका अभिनेता रणवीर सिंहले मज्जाले प्रतिक्रिया दिएका थिए । रोचक कुरा त रणवीरले गरेको प्रतिक्रियालाई निकले नभई प्रियंकाले जवाफ दिएकी छिन् ।

भिडियोमा निकले हातले वेट्स उचालेका छन् । र मज्जाले एक्सरसाइज गरेका छन् । निकको शरीर मज्जाले देखिएको छ । उक्त भिडियोमा रणवीरले दिएको प्रतिक्रिया यस्तो थियो । ‘ओहो जिजु डोले शोले ।’ रणवीरको प्रतिक्रियामा प्रियंकाले ‘LOL’ जवाफ दिएकी छिन् । यसको साथै प्रियंकाले पनि प्रतिक्रिया दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot