Logo

निर्वाचन नगराए केपी ओली देशको सबभन्दा ठूलो खलनायक हुनेछन् : वामदेव गौतम (भिडिओसहित)



काठमाडौं, २३ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तोकिएकै मितिमा निर्वाचन गराउन नसके प्रधानमन्त्री केपी शर्मा ओली देशको सबभन्दा ठूलो खलनायक सावित हुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले यस्तो बताएका हुन् । उनले निर्वाचनको लागि आयोग तयारी अवस्थामा रहेको र कर्मचारी पनि तयार रहेको अवस्थामा निर्वाचन गराउन नसके ओली खलनायक हुने जिकिर गरे ।

केपीले चालेको कदम प्रतिगामी हो : गौतम (भिडिओसहित)

ओलीले आफूलाई बादशाह घोषणा गर्नुहुन्छः बामदेव गौतम (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्