Logo

३ लाख डोज खोप दिने भनेको चीनले किन ५ लाख पुर्यायो ?



काठमाडौं, २४ माघ । नेपाललाई चीनले यसअघि ३ लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको थियो । तर, अहिले २ लाख बढाएर ५ लाख दिने भएको छ ।

भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप दिइसकेको छ । बेलायतले २० लाख डोज खोप दिने घोषणा गरिसकेको छ । तर, चीनले ३ लाख मात्र दिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग कम गरेको सन्देश गयो ।

त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गरे । उनले खोपपप बढाउन अनुरोध गरे । चिनियाँ विदेशमन्त्री त्यसमा सकारात्मक भएपछि सहयोगको खोप संख्यामा वृद्धि गरे । परराष्ट्र मन्त्रालयले त्यसबारे जानकारी समेत दिइसकेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot