Logo

पहिलो चरणको खोप सफल र सुरक्षित, दोस्रो सोमबारबाट



काठमाडौं, २६ माघ  । पहिलो चरणको कोभिड खोप कार्यक्रम शनिबार सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजार जनाले खोप लगाएका छन् । ती मध्ये कसैमा पनि कुनै प्रकारको समस्या नदेखिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिले जनाएको छ ।समितिका संयोजक डा. श्यामराज उप्रेतीले पहिलो चरणको खोप कार्यक्रम पूर्ण रुपमा सफल भएको बताउँदै कोभिड खोप पूर्ण रुपमा सुरक्षित रहेकोले खोप लगाउन नडराउन अनुरोध गरे ।

पहिलो चरणको सफल खोप कार्यक्रमबाट उत्साहित रहेको बताउँदै उनले भोलीदेखि दोस्रो चरणको खोप कार्यक्रम सुरु गर्ने जानकारी दिए । उनका अनुसार दोस्रो चरणको खोप एक हप्तामा सकिनेछ जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य छ ।

दोस्रो चरणमा बढि मानिसको भीडमा काम गर्ने र धेरै मानिसको सम्पर्कमा आउने पेशागत क्षेत्रका व्यक्तिहरु जस्तै पत्रकार, बैंकका कर्मचारी, मालपोत कार्यालयका कर्मचारीगायतलाई खोप प्रदान गरिँदैछ ।-गोरखापत्र



प्रतिक्रिया दिनुहोस्

Screenshot