Logo

भागरथीको हत्याका दोषीलाई छिट्टै पक्राऊ गर्छौंः प्रहरी प्रवक्ता कुँवर



काठमाडौं, २७ माघ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बलात्कारको घटना संवेदनशील भएकाले प्रहरी अनुसन्धान जहिले पनि गम्भीर हुने बताएका छन् । बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी अनुसन्धान भइरहेको र छिट्टै दोषी कानुनी दायरामा ल्याइने बताएका छन् । प्रवक्ता कुँवरसँग ऋषि धमलाले गरेको कुराकानीः

बलात्कारका घटना बढिरहेका छन् ? दोषी पत्ता लगाउन सक्नुभएको छैन ? नेपाल प्रहरी कहाँ चुक्यो ?
यसमा अपराध अनुसन्धानको एउटा पद्घति हुन्छ । बलात्कारका घटनाहरुमा ९८ प्रतिशत घटना समाधान भएका छन् । तपाईँले इङ्गित गर्न खोजेको बैतडीको घटना होला । स्वाभाविक रूपमा हामीले यसलाई एकदम गहिरिएर पहिला भएका कमीकमजोरीलाई सुधार गरेर गम्भीर रुपमा अनुसन्धान गर्ने तर्फ गएका छौ । त्यहाँ डाक्टर साहेव वकिल साहेव जि.प्र.का को डिएसपी र सीडीओ साहेव सबै गएर त्यसलाई अत्यन्त गहन र संवेदनशील रूपमा लिएर मुद्दाको उठान गरिएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । त्यहाँको डिएपी साहेव आफै जानुभएको छ । प्राविधिक टोली, सिआइवीको टोली संघीय प्रहरी इकाईको टोली सबै गएको छ । त्यसैले प्राविधिक, बैज्ञानिकरूपमा त्यसलाई अनुमान गरेर प्रहरीको सबै किसिमको समेत प्रयोग भइरहेको छ । यसमा आफ्नो धारणा व्यक्त नगरिकन अनुसन्धानलाई विशुद्ध रूपमा सहयोग गर्ने गरेर रूपमा जानुपर्दछ । त्यसो गरियो भने यो मुद्दा लगायत यस्ता प्रकारका अन्य मुद्दा समयमा नै टुङ्गोमा पुग्छन् । आ–आफनो धारणा व्यक्त गर्ने, गरेमा त्यसले गर्दाखेरी मुद्दाहरू गिजोलिने अवस्था आएको हो । त्यहि हिसावले सहयोग गर्दा मुद्दा समयमा नै टुङ्गो लाग्छन् र अनुसन्धान टुङ्गोमा पुग्छ ।
प्रहरीले अपराधीलाई अहिले सम्म पक्रन किन सकेन ?
अनुसन्धानको कोर्स हुन्छ । अनुुसन्धान दुइर्मा जोडेर चार भनेजस्तो हुादैन । त्यसकारण यसलाई समय लाग्छ । त्यो हत्या हो भन्ने टुङ्गोमा पुगीसक्यो । सबैले हत्या नै भनिरहेका छन । त्यसैले प्रहरीले आफ्नो व्यवसायिक रुपमा अनुसन्धान गरिरहेको छ । यो विषयलाई हामी सबैले सकारात्मक रुपमा सहयोग गर्नुपर्छ । आफ्नो धारणा सबै मिडियाहरु लगायत सबै पक्षले तटस्थ बसेर अनुसन्धान गरिनु पर्छ । आफ्नो धारणा मिडियामा ल्याउने छलफलमा ल्याउने आफ्नो स्वार्थ सिद्ध हुने हिसाबले व्याख्या गर्न हुँदैन ।
आज छ दिन भइसक्यो कोही पनि अपराधीलाई पक्रन सक्नुभएको छैन नि ?
अनुसन्धान भित्र धेरै कुरा भएको हुन्छन् । अहिले अनुसन्धानको नजिक पुगेको अवस्था छ । त्यसकारणले ढिलो चाँडो यसको बारेमा थाहापाउनु हुने छ । त्यसैले सबैले यो केसलाई सहयोग गरिदिनहुन अनुरोध गर्दछु । यो भन्दा बढी भन्न मिल्दैन ।
निर्मला पन्तको जस्तै दोषी उम्कने हो कि ?
त्यो घटना भित्र के के कुरा छन् अहिले भन्नु भन्दा पनि यहाँहरुलाई थाहा छ हामी सबै अनुसन्धान दाता बन्न खोजेकोले बिग्रेको जस्तो लागेको छ । त्यसकारणले यसमा प्रहरीलाई सहयोग गरौं । दोषी कारबाहीको दायरामा आउँछन् ।
त्यसोभए नेपाल प्रहरीले पक्रन्छ ?
त्यो त प्रहरीको उदेश्य हो । यही समाजबाट प्रहरी आएको हो । त्यसकारण प्रहरीको मनोबल उच्च राख्ने र प्रहरीको अनुसन्धानमा दखल पुग्ने धारणा कसैले गरेनन् भने, सहयोग गरेन् भने, दोषी छिटोभन्दा छिटो कानुनको दायरामा आउनेछन् । प्रहरी अत्यन्त व्यवसायिक रुपमा लागेको छ । यसको नतिजा तपाईँले सुन्न पाउनु हुन्छ ।
नेपालमा अपराधका धेरै घटना भइरहेका छन ? निर्मला देखि भागरथी सम्म आइपुग्दा तीन हजार भन्दा बढी बालिका बलात्कृत भएका छन् ? अपराध लुकाउनका लागि १७ जनाको हत्या भइसक्यो । प्रहरीसंग सबै सुचना हुँदा हुँदै अपराधीहरु पक्रन किन सकेन ?
दक्षरूपमा यसको अनुसन्धान गर्छ । यस्तो जघन्य किसिमको अपराध कसैको दबाब र प्रभावमा पर्दैन । एक दुई वटा त्यस्ता असल केसहरु छन् । अनुसन्धानको दायरामा रहेका केस हरु त्यसलाई अंकित गरेर अरूपनि त्यस्तै हुने हुन् कि भन्ने त्यस्तो धारण नराखौं यस्तो धारणले मुलुक बिग्रेको हो । राजनीतिक र अन्य यस्तै किसिमको प्रभावबाट प्रहरीले आफ्नो व्यवसायिकता र आफ्नो छविलाई विगार्न चाहान्नँ । यसलाई सरलरूपमा वैज्ञानिक रुपमा तथ्य पूर्णरूपमा अनुसन्धान गर्दा दाषीलाई कानुनको दायरामा ल्याउने काममा प्रहरी प्रतिबन्ध छ । यसमा सबै ढुक्क हुनुहोस् ।
त्यसोभए दोषीलाई कारबाही गर्ने शक्ति छ ? होइन ?
सबै किसिमको संयमता छ नि । त्यसलाई काम गर्न दिउँ । समाजबाट विभिन्न किसिमले आफना धारणा आउँछन् । त्यसले पनि बिग्रिन्छ । के कतिपय केसहरू त्यसैले अनुसन्धान जस्तो गम्भीर र संवेदनशील कुरालाई प्रहरीको मनोबल उच्च गराउने हकमा सबैले काम गर्नुपर्छ दोषी कानुनको दायरामा आउँछ ।
तर, आन्दोलन भइराखेको छ नि ? भागरथीको परिवारमा ठुलो पिडा छ ?
यो पीडा ठुलो, यो पिडा सानो भयो । दबाब बढी भयो । दबाब भएन भन्नु भन्दा पनि यो अपराध हो । जघन्य खालको अपराध हो । त्यसैले यसलाई कानुनी दायरामा लग्ने हकमा प्रहरीले अत्यन्त दक्ष व्यवसायिक रूपमा प्रहरी जनशक्ति प्रयोग भएको छ । सबै किसिमको प्रविधि र साथबाट यो मुद्दालाई किनारा लगाउने हकमा यसमा सहयोग जरुरी छ ।
विहारमा नेपाली किशोरीको बलात्कार पछि हत्या भएको कुरा बाहिर आएको छ ? यसमा नेपाल प्रहरीको ध्यान गएको छ कि छैन ?
यो कुरा बाहिर आएको छ । त्यहाँ पनि त्यो कुरा छ । यस्तो अपराधहरु हुन्छ र ढिलो चाडा बाहिरे आउँछन । त्यहाँ पनि त्यहाँको सरकारले काम गर्ला बाहिर ल्याउला यो विषय धेरै संवेधनशिल भएको हुनाले सबै नागारिक समाजले एकदम तटस्थ भएर सहयोग गर्नुपर्छ । यो र त्यो भन्ने धारणा व्यक्त गरेर उसलाई अन्यत्र मोड्ने गर्नु हुँदैन ।
त्यसोभए नजिक कै व्यक्तिबाट बलात्कार भएको हो त ?
यो विषयमा पहिले अरु केही भन्न सक्दिनँ । केही न केही कुरा त्यहाँ भएको छ । यो कति के भयो भन्ने कुरा अनुसन्धानले देखाउँछ ।
कति दिनभित्र जनताले थाहा पाउँछन् ?
मिति तय गर्नै भन्र्ने कुरा हुँदैन । यसको हामी छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउने काम गर्छौं ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot