काठमाडौं, २९ माघ । नेपाल प्रहरीले नेकपा दाहाल नेपाल समूहकी नेतृ रामुकमारी झाँक्रीलाई पक्राउ गर्ने अन्तिम तयारी गरेको छ । त्यसको लागि सयौंको संख्यामा प्रहरी उनको घरमा परिचालित भएको छ । झाँक्रीका समथर्कहरुले भने उनको पक्षमा नाराबाजी गरिराखेका छन् । उनलाई प्रहरीले पक्राउ पुर्जीसमेत दिईसकेको छ । पक्राउ पुर्जीमा राज्यविरुरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गर्न लागिएको लेखिएको छ । झाँक्रीले आफू गिरफ्तारी दिन आफू तयार रहेको कुरा बताईसकेकी छिन् ।
Related News:
झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध
रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी
रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त
प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो
रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश !
प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित)
झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा