Logo

पूर्वराजाको खुट्टामा दाम चढाउने माधव नेपाल कसरी अग्रगमनकारी भए?



रौतहट, फागुन ९ । शहरी विकासमन्त्री प्रभु साहले निर्धारित समयमा नै निर्वाचन हुने बताएका छन्। रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्तर्गत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उनले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने दाबी गरे।

मन्त्री साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने तर पूर्व राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने पूर्वप्रधानमन्त्री माधव नेपाल कसरी अग्रगमनकारी भए भन्ने प्रश्न गरे। उनले नेता नेपाल चुनाव हारेर प्रधानमन्त्री र अधिवेशनमा हारेर पार्टी अध्यक्ष कुन नैतिकताले बन्ने गरेका छन् भनी प्रश्न गरे।

मन्त्री साहले आफनै पार्टीको सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रवृतिले गर्दा निर्वाचनमा जानुुपर्ने बाध्यता आइपुगेको बताउँदै निर्वाचनपछि नेकपा थप बलियो भएर जाने विश्वास व्यक्त गरे। उनले यसअघि आफूले शहरी विकासमन्त्री हुुँदा देशमा रु ५० अर्ब बराबरको भौतिक पूर्वाधार निर्माण गराएको बताउँदै यस पटक पनि रौतहट, मधेश र देशकै विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot