Logo

मेलम्चीको पानी काठमाडौं ल्याउन आजबाट सुरुङ परीक्षण गरिँदै



काठमाडौं, फागुन १० । मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन आजबाट तीन चरणमा सुरुङ परीक्षण गरिँने भएको छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिन लागेको हो । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षणको समय दुुई महिनासम्मको हुने छ ।

मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षणसमेत गर्ने कार्यक्रम रहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्