Logo

प्रदेश प्रमुख–प्रदेश सरकारबीच सम्बन्धमा सकस



काठमाडौं, फागुन ११ । कात्तिक १८ गते प्रदेश २ प्रमुख नियुक्त भई कात्तिक २० गते पदभार ग्रहण गर्न जनकपुरधाम आइपुग्दा तिलक परियारलाई प्रदेश सरकारबाट भव्य स्वागत गरिएको थियो। मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूले विमानस्थलमै पुगेर परियारलाई फूलमालाले स्वागत गरेका थिए।

फागुन ७ गते सरकारले परियारलाई पदमुक्त गरी राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गर्‍यो। तर आइतबार पदभार ग्रहण गर्न आएका उनलाई प्रदेश सरकारबाट परियारलाई जस्तो स्वागत भएन। प्रदेश सरकारले झाको स्वागतका लागि मन्त्रीलाई समेत नपठाएर राज्यमन्त्रीलाई पठाएको थियो। झाको स्वागतका लागि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा विमानस्थल पुगेका थिए।

प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मुख्यमन्त्रीदेखि मन्त्रीसम्म बाहिर रहेकाले स्वागतका लागि राज्यमन्त्रीलाई पठाउनुपरेको बताए। ‘उहाँ (प्रदेश प्रमुख) को आगमन हुने दिन मुख्यमन्त्रीदेखि हामी सबै मन्त्री जनकपुरधामबाहिर थियौं’, उनले भने, ‘त्यसकारण उहाँको स्वागतका लागि राज्यमन्त्रीलाई पठाएका हौं।’ मिथिलाको संस्कार ‘अतिथि देवो भवः’ भएको र प्रदेश प्रमुख अतिथि भएकाले स्वागत गर्नु कर्तव्य भएको तर सो दिन परिस्थितिले पुग्न नभ्याएको उनले बताए।

प्रदेश प्रमुख झाप्रति सम्मान भाव रहे पनि विगतलाई हेरेर सशंकित हुनुपर्ने स्थिति भने रहेको मन्त्री यादवले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot