Logo

ओलीद्वारा नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईको मनोनयन



काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलेमुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनयन गरेका छन् । उनले आज भट्टराईलाई मनोनयनको पत्र बालुवाटारमै बोलाएर दिएका छन् ।

नेकपा संसदीय दलको मुख्य सचेतकमा देव गुरुङ रहँदै आएका थिए । ओलीले उनलाई उक्त पदबाट हटाएर भट्टराईलाई मनोनयन गरेका हुन् ।

मनोनयनपत्र प्रदान गर्दा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि उपस्थित थिए । मुख्य सचेतक भट्टराई ओलीका विश्वासपात्र मानिन्छन् ।

वैधानिक रुपमा नेकपा फुटेको छैन । यसका संसदीय दलका नेता केपी शर्मा ओली छन् । अब संसदीय दलको अंकगणित शुरु भएसँगै ओलीले प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot