Logo

पूर्वाग्रह राखिने छैनः प्रमुख आयुक्त राई



काठमाडौं, फागुन १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जोसुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरेरै छाड्ने बताएका छन्। शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा राईले आग्रह तथा पूर्वाग्रहका आधारमा आफू नचल्ने स्पष्ट पारेका हुन्।

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो

रहेकाले नागरिकले अनुभव गर्न सक्नेगरी काम गर्नु आफ्नो चुनौती रहेको उनले बताए। आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढंगले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने बताउँदै उनले भने, ‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्, उहाँहरूको अपेक्षाअनुसार सबैले महसुस गर्नेगरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्नेछैन।’

फरक प्रसंगमा प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदै नहुने भन्दै प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने दाबी गरे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot