Logo

प्रचण्ड-माधव समूह रणनीति बनाउँदै



काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले भावी रणनीति बनाइरहेको छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि कसरी अगाडि बढ्नेबारे उक्त समूहले छलफल बढाएको हो ।

आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बसेर छलफल गरेका छन् । उनीहरुले २३ फागुनमा प्रतिनिधि सभा बैठक डाकिने भएकाले रणनीति बनाउन छलफल चलाएका हुन् ।

आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक छिट्टै डाक्ने तय गरेको बताए । तर, उनले मितिबारे उल्लेख गरेनन् । बैठक गरेपछि नेकपा प्रचण्ड माधव समूहले भावी रणनीति तय गर्ने भएको छ ।

नेकपा विभाजन भएपनि कानुनी रुपमा एक छ । तर, कानुनी रुपमा संसदीय दलको नेता केपी शर्मा ओली भएकाले उनलाई हटाउन प्रचण्ड माधव समूह सकिरहेको छैन । उनीहरु ओलीको राजीनामा मागिरहेका छन् । तर, ओली राजीनामा नदिने संसदको सामना गर्ने बताइरहेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot