Logo

प्रचण्ड र माधव नेपालको दरबार र अपराधीसँग साँठगाँठ रहेको प्रधानमन्त्री ओलीको आरोप



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दरबार र आपराधिक समूहसँग साँठगाँठ भएको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘माधव नेपालको दरबारसँग मात्र नभई खराब तत्वसँग साँठगाँठ छ,’ ओलीले भने,‘प्रचण्डको पनि दरबार र आपराधिक तत्वसँग साँठगाँछ छ ।’ माधव नेपालले तत्कालीन राजा ज्ञानेन्द्रलाई दाम चढाएको विषय समेत उल्लेख गरे । उनले माधव नेपालबारे भने,‘कहिले दाम चढाउन जान्छन्, परिक्रमा गरेर दाम चढाएर ढोग्ने ।’

माधव नेपालमाथि आफू पदमा नभएपछि गुटबन्दी गर्ने र अरुलाई जुधाउने शैली रहेको आरोप लगाए । विगतमा आफूले बोल्दा पनि कारबाहीको धम्की दिने गरेको भन्दै आलोचना गरे । उनले भने,‘माधव नेपालको ध्यान अध्यक्ष र प्रधानमन्त्रीमा छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot