Logo

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक भएको भट्टराईको दाबी



काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जनाएका छन् ।

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता सुरू

उनले सामाजिक सञ्जालमा वार्ताबारे जानकारी दिँदै लेखेका छन्–”नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव० ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot