Logo

विष्णु पौडेलको दाबी : प्रधानमन्त्री ओलीलाई हटाउने क्रियाकलाप निरर्थक हुनेछ



काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने प्रयास असफल हुने दाबी गरेका छन् । बुटवलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार अझै दुई वर्ष टिक्ने ठोकुवा पनि गरे ।

उनले भने,‘ढुक्क हुनुहोस, यही सरकार अझै दुई वर्ष टिक्छ, प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र र कोशिश निरर्थक, व्यर्थ र असफल हुनेछन् । उनले आफूहरु बहुमतमा रहेको पनि दाबी गरे । यही फागुन २३ गते संसद्को बैठक बस्दैछ । त्यो भन्दा अघि सरकारविरुद्ध कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जसपा मिलेर अविश्वासको प्रस्ताव ल्याउने हल्ला चलिरहेको बेलामा नेता पौडेलको यस्तो भनाई आएको हो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot