काठमाडौं, २० फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र विप्लव समूहबीच भएको सहमतिको स्वागत गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अब सरकारले सांसद रेशम चोधरी लगायत थारू विद्रोहका सबै राजवन्दीहरुलाई रिहाई गरेर उनीहरुसँग सार्थक गर्नुपर्ने र माग सम्बोधन गर्नुपर्ने पनि सुझाव दिएका छन् ।
उनले लेखेका छन्–”सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ!” File Photo
Related News:
विप्लव समूहसंग ३ बुँदे सहमति, ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने