Logo

विप्लवका दाईसहित चारजना नेता आज हिरासत मुक्त हुँदै



काठमाडौं, फागुन २१ । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई आजबाट छाड्ने भएको छ । गृहको परिपत्र अनुसार उनीहरुलाई छाड्न लागिएको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिईसकेको छ ।परिपत्र अनुसार आज समूहका उपल्ला नेताहरुमध्ये धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।

यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न समेतत परिपत्रमा निर्देशन भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot