Logo

हामी कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्दैनौंः प्रधानमन्त्री ओली (भिडियोसहित)



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराख्ने बताएका छन् । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग शान्ति सम्झौतापछि राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराख्ने बताएका हुन् ।

‘हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका पनि छैनौं र राख्दा पनि राख्दैनौं ,’ ओलीले भने । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेकोतर्फ संकेत गर्दै अरुको पछाडि लागेको बताए ।

‘किस्तीमा प्रधानमन्त्री लिएर अन्त खाइदिनुहोस् न खाइदिनुहोस् भन्न जाने,’ओलीले भने,‘नेतृत्व गर्न छाड्ने नेतृत्व गरिदिनुहोस् भन्न जाने ।’ ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै नग्नता प्रदर्शन गरेको आरोप लगाए । उनले भने,‘नग्नताको यो हद हुन्छ नि ।’

ओलीले विगतमा पनि आफ्नो सरकार ढालेको र फेरि झन् बलियोसँग फर्किएको स्मरण गराए । उनले भने,‘विगतमा पनि सरकार ढालेका थिए, मैंले त्यतिबेला झ्यालबाट होइन मूलढोकाबाट सिंहदरबार छिर्छौं भनेको थिएँ र छिर्यौं ।’ Photo By: Mukunda Kalikote/ReportersNepal

ओलीले गरे विप्लवसँग एकताको संकेत (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्