Logo

नेपाल आइपुग्यो थप साढे तीन लाख डोज कोरोना खोप



काठमाडौं, फागुन २४ । नेपालमा थप साढे ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आइतवार कोभ्याक्स सुविधाको पहिलो चरणअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि नेपालमा भारतीय अनुदानमा भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिडशिल्ड खोप प्रयोगमा आइरहेको छ । अनुदानमा भारतले १० लाख डोज खोप दिएको थियो । त्यसपछि नेपालले सिरमसँगै २० लाख डोज खोप किनेको थियो, जसमध्ये आधा खोप आउन बाँकी छ ।

कोभ्याक्स सुविधामा आएको खोप सिरमले नै उत्पादन गरेको कोभिडशिल्ड खोप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । कोभ्याक्सअन्तर्गत नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप आउने भए पनि पहिलो चरणमा करीब साढे ३ लाख डोज मात्र आएको उनले बताए ।

‘चरणबद्ध रूपमा सबै खोप आउँछ,’ उनले भने, ‘चीनले अनुदानमा दिने भनेको ८ लाख डोज खोप पनि आउने क्रममा छ ।’ उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्सअन्तर्गत करीब ६० लाख डोज खोप नेपाल आउने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot