Logo

बालुवाटारमा ओली पक्षधर केन्द्रीय सदस्यहरुको भेला



काठमाडौं, २८ फागुन । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षधर केन्द्रीय सदस्यहरु भेला हुन लागेको एक केन्द्रीय सदस्यले पुष्टि गरे ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउनको लागि आज केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाउन लागेका हुन् । यसअघि, हिजो र अस्ति माधव कुमार नेपाल पक्षले पनि आफू पक्षधरको भेला गरिसकेको छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot