Logo

मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी प्रथम



काठमाडौं, २ चेत्र । मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टीम प्रथम भएको छ । काठमाडौं महानगरपालिकाको सहयोग एवं सहकार्य तथा नेपाल क्रिकेट संघको आयोजनामा संचालित मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टीमले प्रथम स्थान हासिल गरेको हो ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नेपाल प्रहरी क्रिकेट टीमले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नुका साथै प्रहरी जवान दिपेन्द्र सिंह ऐरी ‘म्यान अफ द सिरिज’ घोषित भएको नेपाल प्रहरी खेलकूद समितिले जनाएको छ । उक्त प्रतियोगिता गत फागुन १२ देखि २९ गतेसम्म काठमाडौंको त्रिभुवन बिश्वबिद्यालय र मुलपानी खेल मैदानमा सञ्चालन भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot