Logo

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाल पनि नजाने



काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ४ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नजाने भएका छन् । आफ्नो पक्षको भोलिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहने भएकोले राष्ट्रपति भण्डारीले आज साँझ बोलाएको सर्वदलीय बैठकमा नेता नेपाल जान नसक्ने उनको सचिवालयले जनाएको छ ।

झलनाथ खनालद्वारा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बहिष्कार

उता, एमालेकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि आफू उक्त बैठकमा नजाने स्पष्ट पारिसकेका छन् । उनले सर्वदलीय बैठकमा आफूहरुको के आवश्यकत्ता भन्दै राष्ट्रपतिले बोलाएको आजको बैठकमा आफू सहभागी नहुने रिपोर्टर्स नेपाल डटकमालाई जानकारी दिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्