Logo

आवश्यकत्ता पर्यो भने सरकार बनाउन कांग्रेस तयार छ, तर परिस्थिति परिपक्व हुनुपर्छ : लेखक



काठमाडौं, ४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले यस्तो बताएका हुन् । उनले अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै रहेको टिप्पणी गरेका छन् । उनले भने,‘मूल कारण नेकपा हो । नेकपा जनताबाट जुन विश्वास र आस्थाको आधारमा जुन मत लिएर आयो, तर उसले जनतालाई त्यो आस्था र भरोसा दिन सकेन् । उसको आपसी द्धन्द्धले अन्यौल भयो । उहाँहरुले सरकार बनाउनुभयो । तीन वर्ष चलाउनुभयो । सरकार बनेको दिनदेखि संविधान भत्किने काम भयो । प्रतिनिधिसभा विघटन हुनुभन्दा पहिलेपनि पनि आधा दर्जन संविधान भत्किने काम भयो । सातौं पटक त प्रतिनिधिसभा विघटन गर्दा भयो । र, आँठौं पटक आँफै भत्किनुभयो । नेकपाको कारण मुलुकको आज यो अवस्था सिर्जना भयो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुई थरि धारणा रहेको पनि उल्लेख गरे । उनले भने,‘कांग्रेससले सरकार बनाउन पहल गर्नुपर्छ भनेर विचार उठेको छ । अर्को, कांग्रेस सरकारमा जानै हुन्न भन्ने पनि विचार उठेको छ । हामी प्रतिपक्षी दल हो । हामी त प्रतिपक्षमा पाँच वर्ष बस्न तयार थियौं । सरकार चलाउनुपर्ने, जनादेश ल्याएको पार्टी, जनताप्रति उत्तरदायी हुन सकेन भने । ठिक सरकार दिन सकेन भने सरकार बनाउनुपर्ने पार्टी असफल भएपछि प्रतिपक्षी दलले सरकार बनाउने हो । सरकार बनाउने कुरामा कांग्रेसले बनाउँछ । आवश्यकत्ता पर्यो भने सरकार बनाउन तयार छ । तर, परिस्थिति परिपक्व हुनुपर्छ । सरकार हाम्रो रहर पनि होईन । चाहना पनि होईन । तर, बाध्यता आयो भने सरकार दिन कांग्रेस तयार छ । परिस्थिति परिपक्व हुनुपर्छ । वातावरण सुनिश्चित हुनुपर्छ । कांग्रेसले हतार गर्दैन् । कांग्रेसले परिस्थितिलाई सुक्ष्म रुपमा हेरेको छ । वातावरण सुनिश्चित भयो भने बनाउनुपर्छ ।’

उनले सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाले वैकल्पिक सरकार बनाउनुपर्छ भनेको उल्लेख गर्दै अहिले सरकार बन्ने अवस्था रहेको सुनाए । तर, प्रतिनिधिसभाले सरकार बनाउन सकेन भने प्रकान्तरणमा मुलुक चुनावमा जानुपर्ने पनि उनले उल्लेख गरे । उनले आफ्नो पार्टी अनिर्णयको बन्दी नबनेको पनि दाबी गरे । तर, आफूहरु परिस्थिति सुनिश्चित्ताको पखाईमा रहेको लेखकको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot