Logo

जसपा यसकारण फुट्दैन



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तत्कालिन संघीय समाजवादी पार्टी विभाजन गर्न खोजेको आरोप लागेको । दल विभाजन सजिलो बनाउने गरी प्रधानमन्त्री ओलीले एक वर्ष अघि अध्यादेश ल्याएपछि समाजवादी पार्टी फुटाउने प्रयास भएको थियो । तर, त्यो सफल भएन । बरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भई जनता समाजवादी पार्टी बन्यो ।

जसपा प्रतिनिधि सभामा चौंथो ठुलो शक्ति बनेको छ । जसपासँग ३४ प्रतिनिधिसभा सदस्यमध्ये ३३ जना मतदान गर्न पाउँछन् । अहिले जसपा सरकार निर्माणका लागि निर्णायक शक्ति बनेको छ ।

प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने र ओली नै सत्तामा रहने संघर्षबीच जसपा निर्णायक शक्ति बनेको छ । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर पक्षधर समिकरणमा लचिलो छ । उक्त पक्षले ओलीसँग पनि मिल्न सकिने विकल्प राखेको छ । तर, अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई कुनै हालतमा ओलीसँग समिकरण गर्न नहुने पक्षमा छन् ।

जसपाभित्र दुई धार देखिएपछि फुटको सम्भावना पनि औल्याउन थालिएको छ । जसपाको अलग धारलाई कतिपयले सरकारको नेतृत्व लिन गरिएको बार्गेनिङको रुपमा पनि बुझ्न थालेका छन् । जसपा आफै सरकारको नेतृत्वको दाबी गरिरहेको छ । एकतावद्ध भएर जाँदा नेतृत्व नै पाउने सम्भावनाले जसपा फुट्ने अवस्था कमजोर छ ।
जसपाको मूल माग संविधान संशोधन र निलम्बित सांसद रेशम चौधरीको निशर्त रिहाई छ । जसमध्ये जसपाले भनेजस्तो संविधान संशोधन गर्न प्रधानमन्त्री ओली र अन्य दलका नेताहरु तयार हुने सम्भावना कम छ ।

चुनाव अबको दुई वर्षभित्र अगावै हुने भएकाले पनि जसपा फुटेर जाने अवस्था कमजोर छ । जसपा एक भएर कम्तिमा दोस्रो शक्ति बन्ने महत्वाकांक्षी योजना बनाएर बढेको छ ।

जसपाले सरकारको नेतृत्व पाएमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराई मुख्य प्रतिष्पर्धी सम्भावना हुन्छ । तर, भट्टराईले ठाकुरलाई राजनीतिक लेनदेनमा प्रधानमन्त्री पदका लाग सहयोग गर्ने सम्भावना पनि रहन्छ । यसकारण पनि जसपा फुट्ने सम्भावना नरहेको हो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot