Logo

राष्ट्रिय अर्थतन्त्र सबल बनाउने अभियानमा छौँ



काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने दिशामा सक्रिय हुन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार व्यवसायीका अधिकांश संस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यवसायीलाई आमन्त्रण गरेरै यो दिशामा सहकार्यका लागि ओलीले आह्वान गरे ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा आयोजना गरिएको विशेष भेलालाई सम्बोधन गर्दै ओलीले स्वदेशी उद्यमशीलता प्रवद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सबल बनाउन सरकारले हरतरहले सहयोग गर्न तयार रहेको बताए ।

कोरोना भाइरस समस्या हुँदाहुँदै पनि वर्तमान सरकारले पूर्वाधार स्वास्थ्य, शिक्षालगायत विकासका क्षेत्रमा फड्को मारेको उनको भनाई छ। “विभिन्न क्षेत्रमा नयाँ ढङ्गले प्रवेश गरेका छौँ । पूर्वाधार शिक्षा, स्वास्थ्य उद्योग लगायतका क्षेत्रका विकासमा विगत तीन वर्षमा अभूतपूर्व काम भएका छन् ।

शिक्षा स्वास्थ्य सबै क्षेत्रमा भएको छ,” ओलीले भने– “हामीले इतिहास झल्कने र आधुनिकता टल्कने विकास गर्दैछौँ ।”नेपाल गरिब हुनै नसक्ने र हुनै नपर्ने देश भए पनि विगतका शासकका कारण गरिब हुनुपरेको र त्यो अवस्था अन्त्य गर्न वर्तमान सरकार क्रियाशील रहेको ओलीको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot