Logo

एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत, ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार



काठमाडौं, ७ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई विधान संशोधन कमिटीमा परिणत गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार मंसिर ३ देखि ६ सम्म आयोजना गर्ने तय भएको महाधिवेशनका लागि केन्द्रीय कमिटी नै आयोजक कमिटी हुनेछ ।

यसैगरी, एमालेको विधान संशोधन गरी समानुपातिकतर्फ निर्वाचित सांसदलाई हटाउनसक्ने अधिकार संसदीय दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरिएको छ । एमालेभित्र पार्टी विभाजनको चर्चा चलिरहँदा ओलीले केन्द्रीय कमिटी बैठक डाकेर यस्तो निर्णय गराएका हुन् ।

आजको बैठकमा एमालेको माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम समूहका केन्द्रीय सदस्यहरु अनुपस्थित थिए । उनीहरुले बैठक बहिष्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot