Logo

उद्यमी/व्यवसायी एमालेमा प्रवेश गरेपछि बाबुरामको टिप्पणी : सबै उही ड्यांगका मुला !



काठमाडौं, ७ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले निजी क्षेत्रका व्यवसायी नेकपा (एमाले) मा प्रवेश गरेको विषयमा कडा टिप्पणी गरेका छन् । तीन सयभन्दा बढि उद्योग तथा व्यवसायीहरु एमालेमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्ट डा. भट्टराईले आज सामाजिक सञ्जाल ट्विटरमार्फत निजी क्षेत्रका व्यवसायी सत्ताधारी पार्टी प्रवेश गर्न तँछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रुपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझै क्रोनिक बनाउनु भएको बताएका छन् ।

उनले लेखेका छन्-“निजीक्षेत्रका व्यवसायी सत्ताधारी पार्टीमा प्रवेश गर्न तॅछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रूपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउनु हो।निजी क्षेत्रले त लगानीमैत्री वातावरण,विधिको शासन,रोजगारी/निर्यात प्रबर्धन आदि पो खोज्ने हो!सबै उही ड्यांगका मुला?”



प्रतिक्रिया दिनुहोस्